प्युठानमा जीप दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

प्युठान । प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्युठानको जस्पुरदेखि दाङको भालुवाङतर्फ गएको लु ३ च ३८५५ नम्बरको जीप सरुमारानी गाउँपालिका– ६ मोतिपुरमा दुर्घटना भएको हो । घटनामा मृत्यु हुनेमा दाङको लमही नगरपालिका– ८ का २५ वर्षीय सत्यनारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

त्यस्तै, घाइते हुनेमा गढवा गाउँपालिका– ६ का २५ वर्षीय प्रकाश चौधरी, प्युठान नगरपालिका– १ खैराका १४ वर्षीय प्रविण जिसी रहेको प्रहरीले जनाएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया