रुकुमपूर्वमा दिदीबहिनीको मृत्यु घटना : सात जना पक्राउ

रुकुमपूर्व । रुकुमपूर्वमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पुथा उत्तरगंगा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो ।

यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो ।

११ वर्षीया रिना बुढामगर र ९ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशंकामा प्रहरीले संकास्पद सात जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिए ।

दुवै जनाले लगाएको गहना लुटपाट भएकाले उनीहरुको हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ । दुवै बालिकाको शनिबार शव रुकुमकोट ल्याएर परीक्षण गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेकाको नाम ठेगाना प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया