एसईई दिएर घर फर्किदै गरेका बालकको दुर्घटनामा परेर ज्यान गयाे

प्यूठान । प्यूठानमा एसईई दिएर घर फर्कदै गरेका एक बालकको दुर्घटनामा परी ज्यान गएको छ । दुर्घटनामा विद्यानन्द मावी गोठिवाङ जुडापाटा परीक्षा केन्द्रमा परिक्षा दिएर घर फर्कदै गरेका बेल्वास मावी बेल्वास तापमा अध्यक्षरत १५ वर्षिय प्रतिक घर्तीको मृत्यु भएको हो ।

भालुवाङ्ग-रोल्पा सडक खण्डको स्वर्गद्वारी नगरपालिका- ४, गोठिबाङ भन्ने स्थानमा लु १ क १०९४ नम्वरको स्कुल बस र लु ६६ प ५३४९ नम्वरको मोटरसाइकल एकै दिशाबाट आइरहेको अवस्थामा मोटरसाइकलले बसलाई ओभटेक गर्ने क्रममा दुर्घटना भएर प्रतिक घर्तीको ज्यान गएको जिल्ला प्रहीले कार्यालय प्युठानले जनाएको छ ।

लु १ क १०९४ नम्वरको स्कुल बस लोकचेतना एकेडमीको भएको र उक्त बसले विद्यानन्द मा.वि. जुडापाटा परीक्षाकेन्द्रमा एसइइ परीक्षा दिएका विद्यार्थीलाई गन्तव्यमा लैजादै गर्दा गोठिबाङमा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

घर्तीको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । १५ वर्षीय प्रतीक घर्ती स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ तापाका स्थायी बासी हुन । उता बस चालक प्रहरीको नियन्त्रणमा छन् । घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले बताएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया