संसदमा नागरिकता विधेयक पेस गर्न गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नागरिकता विधेयक यही अधिवेशनमा पेस गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता थापाले नागरिकता नपाउँदा नेपाली हुन नपाएको र उनीहरुले कुनै पनि सुविधा नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘कयौँ नेपालीले अहिले पनि नागरिकता पाएका छैनन्, नेपाली नागरिकता नहुँदा बैंकमा खाता खोल्न नपाउने, लोकसेवाको परीक्षा दिन नपाउने, अन्य महत्वपूर्ण कामबाट उनीहरु वञ्चित भएका छन् ।’

सांसद थापाले अहिले भएका विमतीहरुलाई थाती राखेर दलहरुका बीचमा जेजे कुरामा सहमति छ, ती विषयलाई समेटेर अबिलम्व पारित गर्ने गरी यही संसदको अधिवेशनमा नाागरिकतासम्बन्धी विधेयक पेस गरिनुपर्ने बताए ।

प्रतिक्रिया