प्रहरीद्वारा बेवारिसे अवस्थामा चामल तथा युरिया मल बरामद

कपिलवस्तु । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका– ७ नुनुवाबाट चैत्र १४ गते करीव २ लाख ६७ हजा रुपैयाँ बराबरको ५२ क्विन्टल चामल र साढे ३ क्विन्टल युरिया मल बरामद गरिएको छ ।

भारतबाट अवैध रुपले ल्याई बेवारिसे अवस्थामा राखेको उक्त चामल तथा मल सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादापुर र सुठौली भन्सार कार्यालयका कर्मचारीले बरामद गरेको हो । बरामद चालम तथा मल सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको छ ।

प्रतिक्रिया