पर्सा । पर्साकाे कालिकामाई गाउँपालिका-१ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय बृजेशप्रसाद कुर्मी करिब १० केजी लागुऔषध चरेशसहित प्रहरीले पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
उक्त सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
पर्सा
प्रतिक्रिया