नरेश खातीकाे नयाँ गीत ‘तिम्रै हुन पाम’ सार्वजनिक (भिडियाे)

काठमाडौं । गायक नरेश खातीकाे नयाँ गीत ‘तिम्रै हुन पाम…’ सार्वजनिक भएकाे छ । गीतमा गायक नरेश खाती र गायिका ममता गुरुङको स्वर रहेकाे छ ।

उक्त गीत शुक्रबार मेक्सम-नरेश अफिसियल युट्युब च्यानलबाट रिलिज भएको हो । उक्त गीतमा नरेश खातिकै लय शब्द रहेको छ, भने बिशाल निरौलाको संगीत संयोजन रहेको छ ।

निर्देशक तथा मोडल बिशाल नेपालीको निर्देशनमा तयार पारिएको ‘तिम्रै हुन् पाम…’ ले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । भिडिओमा नायक शुशान्त कार्की र मोडल प्रियाना आचार्य (मुन्नी) को अभिनय देख्न सकिन्छ ।

दिनेश पराजुलीको छायाँकन रहेको भिडिओलाई निर्देशक बिशाल नेपालीले निर्देशन गरेका हुन् । उक्त भिडिओमा मनोज कार्कीको सम्पादन रहेको छ ।

प्रतिक्रिया