सशस्त्र प्रहरी बल बिओपी भिस्वामा कार्यरत प्रहरी निरिक्षक दासको सम्मानसहित विदाइ

पर्सा । पर्साको छिपहरमाई गाउँपालिकमा रहेको सशस्त्र प्रहरी बल बिओपी भिस्वा बंजारीमा कार्यरत सशस्त्र प्रहरी निरिक्षक सुनिल दासको विदाइ गरिएको छ । एक समारोह आयोजना गरेर उनलाई दोसल्ला, माला र टिका लगाइ विदाइ गरिएको हो ।

प्रहरी निरिक्षक दासले १० महिना सम्मको बसाइँमा अपराध नियन्त्रण शान्ति सुरक्षा कायम र खुला सिमानाकाबाट हुने चोरी तस्करी नियन्त्रण कार्यमा सराहनिय काम गरेको भन्दै उनलाई विशेष सम्मानसहित विदाइ गरिएको हो ।

सो क्रममा सशस्त्र प्रहरी निरिक्षक दासले खुला सिमानाकामा अपराधी गतिविधि र चोरी तस्करी नियन्त्रणमा स्थानीय हरुको सहयोग समन्वयको कारण सफल भएको बताए ।

उनले भने, ‘प्रहरी संगठनमा सरुवा त एउटा प्रक्रिया हो आउने जाने काम भईरहन्छ तर तपाईंहरुले दिनुभएको सहयोगले नै यहाँ को शान्ति सुरक्षामा महत्वपूर्ण काम गर्न सफल भएका हौं ।’

त्यस्तै नयाँ बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक बिष्णुहरि थापालाई स्वागत गरिएको छ । बिदाई तथा स्वागत कार्यक्रममा स्थानीय वडाध्यक्ष रामेश्वर महतो, नेता किशोरी साह, जितेन्द्र वर्मा, सुवास साह, पत्रकार लालबाबु बानिया, धर्मेन्द्र यादव, मनोज पटेल, सारुख मियाँ, भिस्वा बजार समितिका गणेश जैस्वाल, शशिकान्त कुशवाहा, गाडसाहेब, सुनिल वर्मा, लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया