मराह, चहल र हसरंगा भन्दा सन्दीप अघि

लण्डन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को खेलाडीहरुको नयाँ ओडिआई बलिङ वरियतामा नेपालका सन्दीप लामिछाने २२ औं स्थानमा यथावत छन् । आइसिसीले बुधबार जारी गरेको नयाँ वरियतामा सन्दीप २२ औं स्थानमा यथावत छन् ।

श्रीलंकाका लेगस्पिनर वानिन्दु हसरंगा २३ औं स्थानमा छन् । भारतका स्पिनर कुलदीप यादव २४ औं स्थानमा छन् । भारतका जस्प्रित बुमराह २६ औं, मोहम्मद शामी २८औँ, इंग्ल्यान्डका आदिल राशिद ३१ औं, मार्क वुड ३५ औं, न्युजिल्यान्डका टिम साउथी ३६औँ र पाकिस्तानका शादब खान ३८औँ स्थानमा छन् ।

भारतका युजभेन्द्र चहल ४२औँ र दक्षिण अफ्रिकाका तबरेज शाम्सी ४४औँ स्थानमा छन् । दीपेन्द्रसिंह ऐरी ५६औं स्थानमा यथावत छन् । सोमपाल कामी एक स्थान खस्किदै ६७औँ स्थानमा पुगेका छन् । करण केसी एक स्थान सुधार गर्दै ९६औँ स्थानमा छन् ।

बलिङतर्फ ओडिआई वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया जोश हेजलवुड, दोस्रो स्थानमा न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र तेस्रो स्थानमा मोहम्मद शिराज छन् । ओडिआई वरियता ब्याटिङतर्फ नेपालका कप्तान रोहित पौडेल ५७औँ स्थानमा छन् । आसिफ शेख ६७ औं स्थानमा यथावत छन् ।

पाकिस्तानका बाबर आजम शीर्षस्थानमा छन् । नेपालले ओडिआई वरियतामा एक स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लिएको छ । टि२० आई वरियतातर्फ भने आइसिसीले नयाँ अपडेट सार्वजनिक गरेको छैन । नेपाल टि २० आई वरियतामा १६ औं स्थानमा यथावत छ ।

प्रतिक्रिया