एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक पार्टी मुख्यालय आलोकनगरमा बसिरहेको छ । मंगलबार मध्याह्न १२ बजेदेखि बैठक सुरु भएको हो । अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बैठक बसेको ।

बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरु राजेन्द्रप्रसाद पाण्डे, केशवलाल श्रेष्ठ, जयन्ती राई, डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधर र प्रवक्ता जगन्नाथ खतिवडा सहभागी छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको समाजवादीले सरकारमा जाने तयारी गरेको हो ।

प्रचण्डलाई विश्वासको मत दिइसकेकाले आजको बैठकबाट सरकारमा जाने निर्णय लिने तयारी छ । समाजवादीले कम्तीमा तीनवटा मन्त्रालयमा दाबी गरेको छ । समाजवादी उपाध्यक्ष राजेन्द्र पाण्डेले यसअघि नै यसपटक आफूहरुले रोजेको मन्त्रालय लिएर सरकारमा जाने बताइसकेका छन् ।

प्रतिक्रिया