कलाकार दम्पतीको चित्रकला प्रदर्शनी

काठमाडाैं । कलाकार दम्पती इशान परियार र सविता डङ्गोलको मिल्दो विचार भावमा चित्रकला प्रदर्शनी भइरहेको छ । गत फागुन १७ देखि सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा जारी प्रदर्शनी चैत ९ गतेसम्म सञ्चालन हुनेछ ।

कलाकार जोडीले आफ्नो विवाह उत्सवको अवसर पारेर चौथो युगल प्रदर्शनी आयोजना गरेको हो । मिल्दो विचार भावमा कोरिएका २२ वटा चित्र प्रदर्शनीमा समेटिएका छन् ।

नेपाली समसामयिक कलामा डुंगा र काइयो बनाउने कलाकारको रूपमा नेपाली कला जगत्मा चिन्ने गरेको छ । प्रदर्शनीमा दुवै कलाकारले एउटै क्यानभासमा पनि केही चित्र बनाएर समावेश गरेका छन् ।

इन्कार्नेसन र इन्टर्फिउजन शीर्षक यी २ चित्रमा पहिलोमा शिव र पार्वतीको अर्धानारेस्वरको शरीरलाई मुख्य विषयको रूपमा प्रस्तुत गरिएको छ । जसमा दुवै कलाकारले दायाँ र बायाँ आआफ्नो परिवेशलाई अत्यन्तै मनमोहकरूपमा प्रस्तुत गरिएको छ ।

अर्धानारेस्वरको रूपलाई आफ्नै शैलीमा कोरिएको यो चित्रमा पृष्ठभूमिमा चन्द्र र सूर्यलाई एउटै क्यानभासमा दायाँ र बायाँ बनाइएको छ ।

यो चित्रमा मूलतः प्रकृति र पुरुषको संयोजनलाई आकर्षक रंगमा बनाइएको छ । अर्को चित्र इन्टरफिउजन मा यिङयाङको आकारभित्र एक जोडी युवायुवती र आ–आफ्नो परिवेशअनुसारको हिमाल, मठ मन्दिर स्तूपा, घर आदि आकृतिलाई बनाइएको छ ।

प्रतिक्रिया