पत्रकारीता पेशामा दक्षता महत्त्वपूर्ण : नगर प्रमुख योगी

प्युठान । प्युठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगिले पत्रकारिता पेशालाई थप मर्यादित बनाउन सीप, दक्षता र योग्यता आवश्यक पर्ने बताएका छन् । शुक्रबार संचारकर्मीहरुका लागि डिजिटल पत्रकारिताको उद्घाटन गर्दै योगिले सूचना प्राविधि लाई प्रभावकारिता र बिश्वनियता बनाउन पहल थाल्नुपर्ने बताए ।

उनले भने, ‘पत्रकारितामा निकै चुनौती पनि छन् ।’ उनले चुनौती लाई चिर्दै मिडियालाई जनमैत्री र भरपर्दो बनाउन पत्रकारले आफुलाई जिम्मेवार बनाउनुपर्ने बताए । पत्रकारले उठाएको बिषयबस्तुले समाजलाई थप सकारात्मक दिशातर्फ अगाडि बढाउन सहयोग हुने खालको हुनुपर्छ ।

त्यस्तै नगरपालिकाका उप-प्रमुख देवेन्द्र वर्माले डिजिटल पत्रकारिताको माध्यमबाट स्थानीय तहले गरेका राम्रा कामको प्रचार गर्न सकेमा अरु पालिकाले सिको गर्न सक्ने बताए । पछिल्लोपटक पत्रकारले राम्रो भन्दा नराम्रो कुराको पछि लाग्ने प्रबृत्ति बढेकोले त्यस्ता कुराको अन्त्य गर्दै अगाडि बढ्न पत्रकारलाई आग्रह गरे ।

खोजमुलक पत्रकारितालाई प्राथमिकता दिएर बिषयबस्तुको खोजी गर्नुपर्ने उनको भनाइ थियो । उनले जिल्लामा रहेका पत्रकारहरुको क्षमता बिकासमा सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।

प्युठान नगरपालिकाको सहयोगमा पत्रकार महासंघ प्युठानले आयोजना गरेको ३ दिने तालीमको सहजीकरण पत्रकार रामजी दाहाल र मनिष पौडेलले गरेका छन् । तालिमामा जिल्लाभरका क्रियाशील पत्रकारहरुको सहभागीता रहेको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया