पर्साको पोखरियामा सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधीबीच अन्तरक्रिया

पर्सा । पर्साको पोखरिया नगरपालिकामा जिल्लाका सुरक्षा निकाय प्रमुख र नगरपालिकाका जनप्रतिनिधीहरु बिच सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा पोखरियामा जिल्ला प्रशासन कार्यालय, मालपोत र नापी कार्यालयको शाखा स्थापना तथा पोखरिया देखि वीरगन्ज सम्म सार्वजनिक यातायातको भाडा दर निर्धारण लगायतका विषयमा छलफल भएको छ ।

पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहानको अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक कोमल शाह, सशस्त्र प्रहरी उपरिक्षक सुमन थपलिया, राष्ट्रिय अनुसन्धान विभागका हेमन्त चौधरी, उपमेयर रूबी कुमारी ठाकुर, पूर्व मेयर दीपनारायण रौनियार, राजनीतिक दलका नेताहरु निजामोदिन समानी, शंकरप्रसाद यादव, बिन्ध्याचंल ठाकुर, श्रीकिसुन चौहान, गोवर्धन यादव , भगवान दास तत्वा, वडा अध्यक्ष प्रमोद गिरी, परमानन्द पटेल, केदार महतो चाई, राधा बैठा, कौशल कुमार साहलगायतको पनि सहभागिता थियो ।

प्रतिक्रिया