तीन सातामा २१ थान भरुवा बन्दुक फेला

रुकुम पुर्व । आईतबार रुकुम पूर्वमा १० नाल भरुवा बन्दुक फेला परेका छन् । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्वर २ स्थित तैलेटा ओढारको जंगलमा प्रहरीले १० नाल भरुवा बन्दुक फेला पारेको हो ।

वेवारिसे अवस्थामा भरुवा बन्दुक रहेको भन्ने गोप्य सुचनाको आधारमा खोज तलास गर्दा जंगलमा उक्त बन्दुक भेटिएका जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी अञ्जना श्रेष्ठले जानकारी दिइन । डिएसपी श्रेष्ठका अनुसार उक्त हतियार जंगलमा लुकाईछिपाई राखिएका थिए।

यस अघि पनि फागुन २६ गते जिल्लाको भूमे गाउँपालिका वडा नम्वर ३ कागती खोला जंगलमा ३ नाल बन्दुक फेला परेका थिए । फागुन २१ गते जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ रानीकोट सामुदायिक वनमा प्रहरीले दुई नाल र फागुन ८ गते भुमे गाउँपालिका वडा नम्वर ३ को तुनबाङ खोला जंगलमा ६ नाल भरुवा बन्दुक फेला पारेको थियो ।

यससँगै प्रहरीले फागुन ८ यता २१ थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ । फेला पारेका बन्दुकहरु जिल्ला प्रहरी कार्यालय रुकुमकोटमा ल्याएर राखिएको छ । भरुवा बन्दुक बारे थप अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जनाएको छ ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया