सिन्धुली बस दुर्घटना अपटेड : मृतकको संख्या ६ जना पुगे

सिन्धुली । आइतबार सिन्धुलीमा भएको बस दुर्घटनामा मृतकको संख्या ६ जना पुगेको छ । उक्त दुर्घटनामा मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् ।

उनीहरुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

मध्यपहाडि लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा आज बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । ओखलढुङगाबाट काठमाडौंतर्फ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न नसकेको नायब उपरीक्षक दाहालले बताए ।

घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सामुदायिक अस्पताल लगिएको छ । चालकको अवस्था सामान्य रहेको छ ।

उनको घुर्मीमा उपचार भइरहेको छ । बस अनियन्त्रित भइ भित्तामा ठोक्किएर दुर्घटना भएको उनको भनाई छ । उक्त घटनाबारे अनुसन्धान भइरहेको र थप अपडेट आउने प्रहरी नायब उपरीक्षक दाहालको भनाई छ ।

प्रतिक्रिया