पर्सा । भारतको बिहार बेतिया जिल्लाको साठी थाना क्षेत्रमा जन्ती बोकेको नेपाली बस दुर्घटना हुँदा एक नेपाली युवकको मृत्यु भएको छ । साथै, उक्त बसमा सवार दर्जनौँ जन्ती घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पर्साको जगरनाथपुर गाउँपालिकाको झखराबाट गएको ना ५ ख ११९८ नेपाली नम्बरको जन्ती बोकेको बस पल्टिँदा भारत साठी थाना क्षेत्रमा घटना भएको हो । उक्त दुर्घटनामा मृत्यु हुनेमा जगरनाथपुर गाउँपालिका झाखरा गाउँ निवासी १८ वर्षीय ओमप्रकाश शाह रहेका छन् ।
सोमबार जगरनाथपुर गाउँपालिकाको झखरा गाउँका रामदेव शहको छोराको विवाह भारतको बेतिया जिल्ला साठी थाना क्षेत्रको दलीहान परसौना गाउँका नारद शहकी छोरीसँग भएको थियो ।
सोही विवाहमा गएका जन्तीहरु रात्रीभोज खाएर नेपालतर्फ फर्कने क्रममा उनीहरु सवार बस भारतको साठी थाना क्षेत्रको खजुरिया र पकड़ीहार गाउँबीच नहर नजिक पुलमा पल्टिएको हो ।
मृतक शाहको शव पोस्टमार्टमको लागि मंगलबार साँझ प्रहरीको सहयोगमा नेपालको वीरगञ्ज नारायणी अस्पतालमा ल्याएको छ ।
पर्सा
प्रतिक्रिया