नक्सालमा सुजुकीको स्मार्ट सिरोजेनिक्स शोरूम

काठमाडौं । नेपालकालागि सुजुकी चार पांग्रे सवारी साधनको आधिकारिक वितरक सिजि होल्डिङसले सुजुकीको नेक्स जेनको अवधारणा ल्याएको छ । नक्साल स्थित स्मार्ट सिरोजेनिक्स शोरूमको सिजि होल्डिङसका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरी र सिरोहिया ग्रुपका अध्यक्ष गोपालप्रसाद शिरोहियाले संयुक्त रुपमा उद्घाटन गरे ।

सुजुकी व्राण्डका विभिन्न मोडलहरु मध्ये प्रिमियम सेगमेण्टका सवारी साधनहरुको विक्रि व्यवस्थापन गर्न सुजुकीको नेक्सजेनको अवधारणा ल्याएको हो । सोही अवधारणा अन्तर्गत ग्राहकहरुलाई विश्व स्तरीय सेवा सुविधा तथा अनुभव प्रदान गर्नेउद्देश्यका साथ काठमाडौंको नक्सालमा कम्पनीको आधिकारिक डिलरको रुपमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरेको छ ।

सवारी साधन खरिदकर्ता ग्राहकलाई सवारी साधनको खरिद प्रतिउच्चएवं स्मरणीय अनुभव प्रदान गर्नु नै सुजुकीको नेक्स जेन च्यानलको बेन्चमार्क पनि हो । ग्राहकलाई सहज र झन्झटमुक्त अनुभव प्रदान गर्न नयाँ सोरुम डिजाईन गरिएको हो । सुजुकीको नेक्स जेनमार्फत सुजुकी व्राण्डका प्रिमियम गाडीहरु उपलब्ध हुनेछन भने ग्राहकवर्गहरुले गाडीखरिद गर्दाको अनुभव फरक र उच्चस्तरीय भएको पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया