कार्यसम्पादन मुल्यांकनमा सिस्ने गाउँपालिका देशभरमा चौथो

रुकुम पूर्व । सिस्ने गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा देशभरमा चौथो र जिल्लामा अब्बल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न नर्धारण गरिएको कार्यसम्पादन सूचकको मुल्याङकन प्रतिवेदनमा सिस्नेले उल्लेखनिय सफलता हात पारेको हो ।

आयोगको प्रतिवेदन अनुसार देशभरका ७५३ स्थनीय तह मध्य सिस्ने गाउँपालिका चौथो र रुकुम पूर्वमा पहिलो बनेको छ । सिस्ने गाउँपालिकाले कुल ७७.०० अंक ल्याएको छ ।

विभिन्न १७ वटा सुचकका आधारमा स्थानीय सरकारको मुल्यांकन गरेको आयोगका सचिव भरतमणि सुवेदीले जानकारी दिए ।

गाउँपालिकाको लेखापरीक्षण, बेरुजु रकम, प्रदेशले स्थानीय तहलाई प्रदेश कानुन बमोजिम आयोगले तोकेको आधारमा लागु गरि सशर्त अनुदान प्रदान गरे नगरेको, सवारी साधन कर वापत बाडँफाँड गरिएको ४० प्रतिशत रकम प्रदेश सरकारले मासिक रुपमा सम्बन्धित स्थानीय सञ्चित कोषमा जम्मा गरे नगरेको धारमा मुल्याङकन गरिएको सुवेदीले बताएका छन ।

कुल विनियोजित रकम, कुल खर्च, कुल पूजिँगत विनियोजित रकम, कुल खर्च रकम, राजश्व संकलनको प्रक्षेपित लक्ष्य, यर्थात राजश्व संकल, प्रदेश तहको वायुको गुणस्तर सूचकाङक, समुदायमा आधारित वन व्यवस्थापनमा राखेको लक्ष्य, लक्ष्यको प्रगति र आयोगले तयार गरेको विद्युतीय अनलाइन पोर्टलमा कार्य सम्पादन सूचक सम्बन्धी विवरण तोकिएको अबधिमा प्रविष्ट गरे नगरको कुरालाई पनि धारमा मानि मुल्याङकन गरिएको आयोगले जनाएको छ ।

यि र यस्तै सूचकलाई आधार मानि देशका सवै स्थानीय तहको मुल्याङकन गरिएको उनले जनाए । कर्मचारी र जनप्रतिनिधिको सामूहिक प्रयासले देशभरका सयौँ स्थानीय तहलाई पछि पार्दै उत्कृष्ट अंक ल्याइ सिस्ने गाउँपालिका चौथो भएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए ।

कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट नतिजा ल्याएकोमा कर्मचारीलाई अध्यक्ष रेग्मीले धन्यवाद दिएका छन । सुशासन र जनमैत्री पालिका निर्माण गर्ने लक्ष्य अनुरुप सिस्ने गाउँपालिकाले काम गरिरहेको उनले बताए ।


आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लाको भूमे गाउँपालिकाले ६६.४१ र पुथाउत्तरगंगा गाउँपालिकाले ५०.१२ अंक प्राप्त गरेको छ ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया