घट्टेखोलामा गुफा भेटियो : हेर्ने आउनेको भिड

काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–९ (साविक छत्रेबाझ) को घट्टेखोलामा महादेव भगवान्को आकृति सहितको नयाँ गुफा भेटिएको छ । २ माघमा नमोबुद्ध १० का विनोद लामाले आफ्नै निजी जग्गामा रहेको काठ चिर्ने क्रममा उक्त गुझा भेटाएको बताए ।

उनले भने, ‘आफ्नो जग्गामा दाउर चिर्दै थिएँ, अचानक मेरो नजर भित्तामा रहेको प्वालमा प¥यो । प्वालभित्र के रहेछ भनी हेर्न आफ्ना सालो नवीन जिम्बालाई भनेँ । ऊ गुफाभित्र छिरेर हेर्दा भित्र नयाँ संसार रहेको र भगवान्का विभिन्न आकृति सहितका मूर्तिहरू रहेको बतायो । उनले भित्र चाँदीको आकारजस्तै चम्कने र माहादेवको आकृति आउने मूर्ति कमलको फूल र अरू थुप्रै कहिल्यै नदेखेको कुरा रहेको कुरा बताए ।’
गुफा पत्ता लागेको र भित्र विभिन्न आकृतिका मूर्तिहरू भएको हल्ला भएपछि अहिले गुफा हेर्न आउनेको दैनिक भिड लाग्न थालेको छ । गुफा भेटिएको रात नै ८४ वर्षीय चमार सिङ लामालाई देउता चडेर आएको र राती सपनीमा पनि महादेवले आएर जसले यो गुफा प्रचार प्रसार गर्छ उसलाई फलिफाप हुने भनेको कुरा सुनाए ।

उनले सोही दिन आएर गुफामा पूजा आराधना गर्दै आएको बताउँदै यो गुफाभित्र महादेव तालमाथि तपस्या गरिरहनुुभएको कुरा बताए । गुफा भेटिएपछि स्थानीय वडा–९ का वडासदस्य दुर्गा लामा, समाजसेवी ज्ञानबहादुर लामा, हरिराम श्रेष्ठ, पुष्प राज श्रेष्ठ, निर बहादुर तामाङ, बद्रीनाथ श्रेष्ठ लगायतले गुफाको संरचना मनमोहक रहेको र यसको तत्काल स्थानीय सरकारले चासो दिएर संरक्षण गर्न आवश्यक रहेको बताए ।

उनीहरूले त्यस गुफाको लागि छुट्टै संरक्षण समिति गठन गरी त्यसमा पुग्ने बाटोको संरचना पक्की गर्नुपर्ने र दैनिक आइरहेको दर्शनार्थीको घुइँचोलाई सुरक्षा र व्यवस्थापन गर्नुपर्ने तर्फ लाग्नुपर्ने बताएका छन् । गुफाले नमोबुद्धको प्राचीन महत्व छुट्टै भएको भए पनि सो गुफाले थप पर्यटक प्रवर्धन गर्न सक्ने र सम्भावना बोकेको गुफा भेटिएको बताएका छन् ।

आफ्नो जग्गामा गुफा भेटिएपछि खुसी हुँदै विनोद लामाले भने, ‘यो मेरो मात्रै सम्पत्ति होइन यो नगरको सम्पति हो ।’ यसलाई कसरी प्रवर्धन गर्ने त्यसमा आफ्नो साथ रहेको बताएका छन् । गुफा रहेको ठाउँमा धेरै पहिला दुई ओटा घट्ट रहेको बताउँदै स्थानीय आइतीमाया तामाङ भन्छिन् गुफाको भित्रको मनमोहक दृश्य र त्यहाँभित्र बस्दा नयाँ संसारमा पुगेको जस्तो भान भइरहेको थियो । यस्तो भगवान्को अदभुत संरचनालाई हामी सबै मिलेर बचाएर राख्नुपर्छ । गुफा भेटिएपछि गुफालाई स्थानीयले घट्टेखोला गुफाको नामले परिचित गराउँदै आएका छन् ।

प्रतिक्रिया