दैलेखकाे महाबु गाउँपालिकाका अध्यक्ष गुरुङकाे निधन

दैलेख । महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको निधन भएको छ । शुक्रबार दैलेख सदरमुकाममा रहेको दैलेख अस्पतालमा उनको निधन भएको हो ।

२०७९ बैशाखमा भएको स्थानीय तहको चुनावबाट अध्यक्ष भएका गुरुङ बिरामी भएपछि दैलेख अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको दैलख अस्पतालका डा. धर्मराज रेग्मीले जानकारी दिए ।

उनि कर्णालीका सबैभन्दा जेठा पालिका अध्यक्षसमेत हुन् । स्रोतका अनुसार ७६ वर्षीय गुरुङ लामो समयदेखि रक्तचाप र मुटुका बिरामी थिए ।

प्रतिक्रिया