प्रविशाको आवाजमा नयाँ गीत

काठमाडौं । गायिका प्रविशा अधिकारीको आवाज रहेको ‘परिचय ! एउटा कथा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नमिता दवाडीको शब्द तथा ज्ञानेन्द्र गिरीको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ । भिडियोले पुरूष शरीरभित्रको महिला मनोविज्ञानमा आधारित तेस्रोलिंगी ‘एलजिबिटिक्युए’ हरूको अस्तित्वको खोज र जीवन संघर्षको विषयलाई प्रस्तुत गर्न खोजिएको छ ।

समाजमा तेस्रोलिंगीले भोग्नुपरेको पीडा र हेयको दृष्टिलाई मध्येनजर गरेर गीतको भिडियो तयार पारिएको छ । सार्वजनिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ, डा. रमिल अधिकारी र कविता रेग्मीको अभिनय छ । प्रकाश धितालले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् । विकाश दाहालले सम्पादन गरेको गीतको मिडियोमा तेस्रोलिंगीको अवस्थालाई देखाउन खोजिएको छ ।

प्रतिक्रिया