काठमाडौं । मधेस प्रदेशको सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएको छ । मंगलबार तेस्रो पटक विस्तार हुने मन्त्रीपरिषद्मा माओवादी केन्द्रबाट एक मन्त्री र एक राज्यमन्त्रीले आज दिउँसो शपथ लिने माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रासद साहले जानकारी दिए ।
प्रदेश सरकारमा उद्योग पर्यटन तथा वनमन्त्रीमा माओवादीकी सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई आज १ बजे शपथ गराउने साहको भनाइ छ ।
यसअघि माओवादीले सरकारमा दुई मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने अडान राखेका थिए । दुई मन्त्रालय नपाएकै कारण माओवादी केन्द्र सरकारमा सहभागी भएको थिएन । योसँगै अब मधेश प्रदेशको सरकारले पूर्णता पाएको छ ।
यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले पुस २९ गते तीन जना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए । अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित मन्त्रीमण्डलको संख्या १५ सदस्य पुगेको छ ।
प्रतिक्रिया