साहित्यकारले हेरे ‘निरमाया’

काठमाडौं । नेपाल स्रष्टा समाजले चलचित्र ‘निरमाया’ को विशेष प्रदर्शन गरेको छ । चलचित्र विकास बोर्डको हलमा साहित्यकारका लागि प्रदर्शन गरिएको यस चलचित्रमा जातीय विभेद, कुप्रथा र छुवाछुतको विषयलाई समेटिएको छ । समानतामा आधारित सभ्य समाजको निर्माण, नैतिक सन्देश, फरक दृष्टिकोणको अन्त्य, उचनिचको फरक हटाउनुपर्ने लगायतका विषयलाई चलचित्रमा देखाइएको छ ।

साहित्यकार तुलसी दिवस, नगेन्द्रराज शर्मा, राधेश्याम लेकाली, राजेन्द्र शलभ, पवन आलोक, श्रीओम श्रेष्ठ रोदन, डा. दामोदर पुडासैनी, मधु पाठक लगायतले चलचित्रले समानता र मानवीय विषयलाई उठान गरेको विचार व्यक्त गरे । रमेश कोइरालाले निर्देशन गरेको यस चलचित्रको प्रस्तुतकर्ता अनन्तप्रसाद तिमल्सिना रहेका छन् । यस्तै, महेश तिमल्सिना कार्यकारी निर्माता, निर्माता रोजा तिमल्सिना र रमेश दाहाल रहेका छन् ।

चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, समृद्धी पौडेल, रमेश अधिकारी, अनिता केसी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतका कलाकारको प्रमुख भूमिका छ । यसैगरी, रामकुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको यो चलचित्रको छायांकन रवि कोइराला र जीवन पराजुलीले गरेका छन् । चलचित्रको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् । कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द्व, कमल अधिकारी, रिमेश कुमारको संगीत रहेको छ । विनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रको छायांकन सिन्धुली, काभ्रे र रामेछापमा गरिएको हो ।

प्रतिक्रिया