नयाँ डीआईजी कुँवर आएपछि १७ दिनमा ७२१ जना फरार अभियुक्त पक्राउ

लहान । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तबहादुर कुँवर आएपछि विभिन्न मुद्दा लागेर फरार अभियुक्त धमाधम पक्राउ पर्न थालेका छन् ।

मधेस प्रदेश प्रहरी प्रमुखमा कुँवर आएपछि मधेस प्रदेशका ८ वटै जिल्लामा प्रहरीको सक्रियतामा विभिन्न मुद्दाका अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका हुन् ।

१७ दिनको अवधिमा मधेस प्रदेशको ८ वटै जिल्ला ७२१ जना फरार अभियुक्त पक्राउ र ८२ वर्ष १० महिना १५ दिन कैद र रु ९६ लाख ८ हजार ९७ रुपैयाँ जरिवाना असुल भएको, फरार अभियुक्तहरूलाई पक्राउ गर्न विशेष अभियानलाई मातहत जिल्लाहरूमा कडाइका साथ लागू गरी उल्लेखनीय रूपमा फरार अभियुक्त पक्राउ गर्ने काम भइरहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रतिक्रिया