सिडिओमाथि ७० लाख डिल गरेको आरोप, सिआइबीले थाल्यो अनुसन्धान

सिराहा । सिराहाबाट गोरखाकालागी सरुवा भएका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जग्गाको विवादित मिलाईदिन ठूलो रकमको ‘वार्गेनिङ’ गरेको भन्दै सिआइबीले अनुसन्धान सुरु गरेको छ ।

सिरहाका तत्कालिन सिडिओ कवाडीको यही विवादले सरुवासमेत रोक्का गरी सेवाग्राहीसँग जग्गा विवाद मिलाउन लाखौँ रकम डिल गरेको अडियो फेला परेपछि सिआइबीले उनीमाथि अनुसन्धान सुरु गरेको हो ।

जग्गाको विवाद मिलाउन सिडिओसँग पहिलो चरणमा कुरा गर्दा एक करोड रुपैयाँबाट ‘वार्गेनिङ’ सुरु भएको स्रोतले बताएको छ ।

सोही जग्गामा सेवाग्राहीको भाइको छोराले यसमा मेरो पनि अंश रहेको र मेरो काकाले यो जग्गा एक्लै हडप्न खोजको भन्दै उनले जिल्ला प्रशासन कार्यालय सिराहामा निवेदन दिएका थिए ।

सोही निवेदनको आधारमा सिडिओले जग्गाधनीलाई विभिन्न किसिमको धाक–धम्की देखाएर अन्त्यमा आर्थिक वार्गेनिङ सुरु गरेको स्रोतले जनाएको छ ।

डिल अगाडि नबढेपछि सिडिओले नै फर्जी अख्तियारको अधिकारी पुस्पेन्द्र नामका व्यक्ति खडा गरी नयाँ डिल सुरु गरेको थियो । उनी सप्तरी राजविराजका निर्माण व्यसायी हाल लाहानस्थित कोठा भाडामा बस्दै आइरहेको स्रोतले बताएको छ । उनले सेवाग्राहीसँग आफू अख्तियारको ठूलो हाकीम रहेको भन्दै सेवाग्राहीसँग पैसाको वार्गेनिङ सुरु गरिएको स्रोतले जनाएको छ ।

सेवाग्राहीसँग पटक–पटकको छलफलपछि ७० लाखमा ‘डिल’ भएको थियो । सेवाग्रीहिले एकैपटक तिर्न नसक्ने भनेपछि एक महिनामा ५ किस्ता बनाएर बुझाउने सेवाग्राही र विचौलियाबीच वार्तालाप भएको थियो ।

यस्तो छ जमिनको मुद्दा मिलाउन सेवाग्राही र सिडिओसँग भएको वार्तालापको अंश :

सेवाग्राही– अहाँ जरे भेट करैला आवके छलै सर । (तपाईसँग भेट्न आउँ भनेको सर) ?

सीडीयो कवाडी– आई फूर्सद नै है, काईल अपने आईल जाउ । (आज फूर्सद छैन तपाईँ भोलि बिहान भेट्न आउनुस्) । सर हम पुस्पेन्द्रजौडे (सिडिओले खडा गरेको बिचौलिया) बात करलियै । सर मैले पुस्पेन्द्रसँग कुरा गरेँ ।
सीडीयो– उ के आद्मी है हमरा कोनो सम्मझेमे नई आरहल है । सायद उपर से आईल है, आन्दाज । यी आदमी हमरा ज्यादे प्रेसर करहल है । गृह सः,आ टङ्गालो स खवर आईव रहल है । ‘किन कारवाही भइरहेको छैन, के हेरेर बसिरहेछ’ भन्दै गृहस सेहो प्रेसर आईवरहल है ।

हम कहली ‘कार्वही भईरहेछ, प्रक्रियामा छः कहली हम ।
(उ को मान्छे हो मैले पनि चिन्न सकेको छैन । सायद माथिबाट आएको हो । यो मान्छेले मलाई साह्रै प्रेसर गरिरहेको छ। गृहबाट र टंगालबाट पनि फोन आईरहेको छ । ‘किन कारवाही भइरहेको छैन, के हेरेर बसिरहेछ’ भन्दै गृहबाट पनि प्रेसर आईरहेको छ । मैले ‘कारवाही भइरहेको छ, प्रक्रियामा छ भनेको छु ।’)

सेवाग्राही– हमरा उनका (पुस्पेन्द्र) पर विश्वास नै भरहल है । अहिजोरे वार्गेनिङ कैरती ।
(मलाई उनी (पुस्पेन्द्र)सँग विश्वास भइरहेको छैन । तपाईसँगै बार्गेनीङ गर्न पाए हुन्थ्यो ।)

सीडीयो– ऐहन बात फोन पर नै करु, काईल आउँ भेटेके बात करैछी । यना फोनमे बात कके नै फसाउ ।
ईबात फोनपर नै करु। काईल आउ, सात बजे बैसक बात करैछि ।
(यस्तो कुरो फोनमा नगरौँ, भोलि आउनु भेटेरै कुरो गरौँ । इस्तो कुरो फोनमा गरेर फसाउने काम नगरौँ । भोलि बिहानै आउनु बसेरै कुरा गरौँला ।)

पुस्पेन्द्र र सेवाग्राहीबीच भएको कुराकानी

पुस्पेन्द्र– म काठमाडौं मै छु । जिल्लाले सीआईवीमा मेल पठाई दिएको छ । मेल हेरेर सलट्याएर आउँछु । तपाइँहरु पनि सम्पर्कमा आउनु भएन । मेल आएको छ ।

सेवाग्रही– हामीलाई पैसा संकलन गर्न टाईम लाग्यो।

पुस्पेन्द्र– म मेल हेरेर भन्छु । यति दिनसम्म पर्खिनु भयो, अझै एकदिन पर्खिनुस् । मैले अनुसन्धानको सचिवसँग कुरा गरेको छु । जिल्लाबाट केही हुँदैन । म विभिन्न कामले व्यस्त रहेँ । म जुनसुकै ठाउँमा पनि भेटौँला । तपाइँकै घरमा पनि भेटौँला ।

सेवाग्रमही– मलाई बुवाले जम्मा ७० लाखमा ‘डिल’ भएको कुरा सुनाउनुभएछ वास्तविक केहो ? पुस्पेन्द ६७ लाख जिल्ला र माथिसम्मलाई भो ।

सेवाग्राही– अनि तपाईलाई व्यक्तिगत गत ३ लाख दिनुपर्ने भनिएको छ । पाँच किस्तामा तिर्ने सहमति पनि भएको थाहा पाएँ । ‘सिडिओले तपाईंको नम्बर दिनुभयो । हामीले तपाईं भनेको पनि सिडिओ नै हो भन्ने बुझ्छौँ ।

पुस्पेन्द्र– तपाईंहरुले जिल्लामै मिलाउन पर्थ्यो । तपाईंहरु जिल्ला छोडेर माथि जानुभयो । अहिले फेरि जिल्लामै फर्काउने भएपछि तपाईंहरुलाई महँगो पर्यो । फर्काउँदा पनि विभिन्न खर्चहरु भएको छ ।

सेवाग्राही– पहिलो किस्तामा कति दिने भन्ने ‘कनफ्यूजन’ भयो कति दिने भन्ने हो ।

पुस्पेन्द्र– हामीले किस्ता भने पनि एक महिनामा तपाईँहरुले जतिजति सकिन्छ, दिँदै जानुहोला । तर, पहिलो किस्तामा १६ लाखभन्दा माथि दिनुहोला ।

सेवाग्राही– हामी १० लाखसम्म दिने भनिरहेको थियाैँ । तर १४ लाख लिएर भोलि आउँछु ।

घटना यस्तो छ

करिव २०५९ सालमै माओवादी द्धन्दकालकै बेला जिल्लाको मिर्चैया नगरपालिका ६ का राजेश्वर साह र तत्कालिन माओवादी नेता स्व. रामप्रताप साहविचको जग्गा विवाद मिलाउन त्यतीवेला माओवादीमै रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) का अध्यक्ष समेत रहेका सिरहा नगरपालिका ७ का नागेन्द्रकुमार पासवान (ज्वाला सिंह) र माओवादीकै केहि नेताहरुले उनीहरुसंग ९५ हजारको कपाली र २४ कठ्ठा जग्गा समेत नागेन्द्रको नाममा पास गरिएको स्रोतले जनाएको छ ।

२० वर्षपछि राजेश्वरले माओवादी नेताहरुलाई गुहार गरे पश्चात नागेन्द्र कुमार पासवान (ज्वाला सिंह)सँग व्यापक छलफल र पहल गरेपछि पटक–पटकगरी जम्मा ७ कठ्ठा जग्गा फिर्ता गरेपनि १७ कठ्ठा जग्गा भन्ने अझै उसकै नाममा रहेको स्रोतले बताए ।

पासवानले १४ जेठ २०७६ मा सिरहाको साविक रामनगर गाविस ६ (क) को कित्ता नं. १४७६ (हाल मिर्चैया नगरपालिका ६ को तीनकठ्ठा आठ धुर जग्गा २० लाख रुपैयाँ र ८ भदौ २०७५ मा कित्ता नं. १२५२ को चार कठ्ठा तीन धुर जग्गा २० लाख गरी ४० लाख रुपैयाँ थैली राखी रामनगर ६ का राजेश्वर प्रसाद साहलाई बिक्री (‘उनकै जग्गा फिर्ता गरेको ’)गरेको मालपोतको श्रेस्तामा उल्लेख छ ।

तत्कालीन भूमिगत पार्टी नेकपा माओवादीमा रहेकै बेला जयकृष्ण गोइतले माओवादीमा तराईको बारेमा विमति राख्दै २०६१ सालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरेपछि गोइतसँगै पासवान पनि भुमिगत समुहमा लागेका थिए । त्यहि जमिनको विषयमा गोइतसंग पनि पार्टीमा विवाद र दवाव बढेपछि पासवान जयकृण गोइतसँग छुटिएको माओवादी नेताहरु बताउँछन् ।

‘दाजुभाईको विवादमा रहेको जग्गा तत्कालिन माओवादीले झगडा मिलाउने नाममा नागेन्द्र पासवानको नाममा राखेको माओवादीका नेताहरु बताउँछन् । जमिन महगो हुँदै गएपछि पासवानमा कुनियत देखिदै गएपछि पार्टी नै छोडेर हिडेको माओवादी नेताहरुको भनाई छ ।’

गोइतले पनि सोहि जग्गा फर्काउन भनेपछि उनी गोईतसँग पनि छुट्टिएर आफ्नै नेतृत्वमा दुई वर्षपछि २०६३ सालमा नागेन्द्रले जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) समूह गठन गरेको थियो । प्रहरीले खोजी गरिरहेका पासवान परिवारसहित भारतको बिहार प्रान्तमा बस्दै आएको बताइन्छ ।

स्रोतका अनुसार, ‘ ज्वाला सिंहले फिर्ता गरेको ७ कठ्ठा जग्गामा जग्गा धनीको भाई स्व. विन्देश्वर साहको छोरा रोहित साहले केहि राजनितिक व्यतिहरुको उक्साहटमा करिव ६ महिना अगाडी जिल्ला प्रशासन कार्यालयमा अंश दिलाइ दिन निवेदन दिएकोे थियो। निवेदन दिए पश्चात सिडियोले यो डिल करिव ६ महिना देखि गरिरहेको स्रोतको दावी छ।

जग्गाको अहिलेको बजार मुल्य (मार्केट भ्यालु) करिव ७ करोडको रहेको स्रोतले बताएका छन् । यसमा अख्तियार र सीवीआईले पनि सेवाग्राहिलाई सघाउँदै आएको स्रोतको भनाई छ। सीडीयो कवाडी यसअघि पनि रंगेहात घुससहित पक्राउ परेपछि अदालतबाट सफाइ पाएका विवादास्पद कर्मचारी हुन् ।– मुकेशकुमार यादव, न्युज कारखाना

प्रतिक्रिया