माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू

तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडाैं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरू भएकाे छ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा मङ्गलबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठक सुरू भएकाे हाे ।

सोमबारबाट सुरु भएको पदाधिकारी बैठक आज पनि बसेकाे हाे । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया