जुम्ला । जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ पञ्छाएपछि हवाई सेवा सूचारु भएको छ । लगातरको हिउँले धावन मार्गमा नै जहाज बस्न कठिन भएको थियो ।
बिहीबार बिहानैदेखी नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीले धावन मार्ग सफा गरेपछि हवाई सेवा सूचारु भएको हो । नेपाल नागरिक उड्यन प्राधिकरण जुम्लाका अनुसार हिउँ पञ्छाएपछि दुई वटा उडान भएका छन् ।
नागरिक उड्यन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजिव श्रेष्ठका अनुसार हिउँसफा सँगै हवाईसेवा सूचारु भएको हो । जहाज आएपछि तीन दिनदेखि थन्किएका यात्रुहरु आवतजावत हुन थालेको उनले बताए । बिहीबार विमानस्थल सफाई गरेपछि समिट एयर र तारा एयरले जुम्लामा उडान भरेका छन् ।
त्यस्तै, धावन मार्गमा हिउँ जमेपछि विहानै देखी नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम गरेको थियो ।
नेपाली सेना २४ नम्बर बाहीनीका वाहिनीपति सोवेन्द्रसिंह महत, नन्दावक्स गणका गणपति रविन थापा विहानैदेखि जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका थिए । तीन दिनदेखि हिउँ परेर नेपालगञ्जमा जुम्ला आउने यात्रुहरु अलपत्र अवस्थामा थिए ।
प्रतिक्रिया