आकाशमै आगो लागेर भारतीय सेनाको लडाकु विमान खस्यो

काठमाडौं । भारतको राजस्थानमा सेनाको लडाकु विमान दुर्घटना भएको छ । भरतपुरको उचैन प्रहरी चौकी क्षेत्रको पिङगोरा गाउँ नजिकै विमान खसेर चकनाचुर भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनाको जानकारी पाएपछि प्रहरी र सेनाका अधिकारी घटनास्थलमा पुगेका छन् । स्थानीयको भीड जम्मा भएको छ ।

स्थानीयका अनुसार हेलिकप्टरमा आकाशमै आगो लागेर खसेको थियो। विमान रेलवे स्टेसननजिकै दुर्घटना भएको हो । यद्यपि विमानमा कति जना पाइलट थिए वा कति जनधनको क्षति भयो भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया