विश्व स्केटबोर्डमा चार खेलाडीले भाग लिने

काठमाडौं । आउँदो आइतबारदेखि युएईको शारजहामा हुने विश्व स्केटबोर्ड च्याम्पियनसिपमा नेपालबाट २ महिला र २ पुरुष गरी चार खेलाडीले भाग लिने भएका छन् । यस प्रतियोगिता भाग लिने खेलाडीहरुले पाँचौं राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपमा बिजेता तथा उपबिजेताहरु बनेका खेलाडीहरु छन् । जसमा पुरुषतर्फ गजेन्द्र बर्देवा र बसन्त राई छन् भने महिलातर्फ समीक्षा राई र पेम्बा श्रेष्ठ छन् ।

त्यस्तै टिम म्यानेजर अजय सारु र प्रशिक्षक उज्ज्वल डंगोल रहेको नेपालल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघका अध्यक्ष अच्युत खनालले जानकारी दिए ।स्केटबोर्ड वर्ल्ड च्याम्पियनसिप प्रतियोगिता आगामी पेरिस २०२४ ओलम्पिक क्वालिफाइङ्ग प्रतियोगिता पनि हुने भएकाले यस प्रतियोगितालाई महत्वका साथ लिइएको छ ।

युएई जाने टोलीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले एक कार्यक्रमको बीच बिदाइ गरेका छन् । मेयर बालेन्द्र शाहले साहसिक खेलका माध्यमबाट देशले पर्यटन क्षेत्रमा ठूलो योगदान रहने हुँदा यस्ता प्रकारका खेललाई पर्यटकीय खेलका रुपमा प्रवर्द्धन गर्नुपर्ने बताए ।

प्रतिक्रिया