अब अर्घाखाँचीमा शिक्षा र स्वास्थ्य प्राथमिकताका क्षेत्र हुनुपर्छ : रायमाझी

अर्घाखाँची । भुमिकास्थान नगरपालिका वाड न १ ढाकाबाङमा रहेको बालशिक्षा माध्यमिक विद्यालयले विविध कार्यक्रम गरि ४८औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एमाले नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्ला विद्युत र खानेपानीमा आत्मनिर्भर भएको र अबका दिनमा शिक्षा र स्वास्थ्यका क्षेत्र विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । सांसद रायमाझीले अब गुणस्तरिय शिक्षा र गाउँमै स्वरोजगार श्रीजना गर्नु पर्ने भएकेले विकास र समृद्धिको लागी योजनाबद्व रुपमा काम गर्ने बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले शिक्षाको विकास विना समग्र समाजको विकास अगाडि बढ्न नसक्ने बताइन् । उनले भनिन्, ं‘सबैले एक भएर विकासको काममा लाग्नु पर्छ ।’

कार्यक्रममा भुमिकास्थानका नगर प्रमुख झबिलाल थापाले शिक्षाको विकासका लागि शिक्षक, अबिभावक, बिद्यार्थी र अन्य सरोकारवाला निकाय सबैको भुमिका महत्त्वपूर्ण हुने बताए । प्रमुख थापाले नगरसभा मार्फत नयाँ कार्यक्रमको रुपमा सबै विद्यालयमा नगरपालिका भन्ने कार्यक्रम अगाडि बढाएको बताए । प्रमुख थापाले विद्यालय सबैको साझा मन्दीर भएको हुँदा यो मन्दीरमा सबैको साथ सहयोगका साथै ज्ञान, सीप र अनुभवलाई प्रयोग बताए ।

कार्यक्रममा नगर उपप्रमुख बालकृष्ण बन्जाडे, जिल्ला शिक्षा विकास समन्वय एकाई प्रमुख मनिराम पराजुली, नगर शिक्षा अधिकृत तुबलाल सापकोटा, वडाध्यक्ष गोपाल खनाल, पत्रकार महासंघका जिल्ला सह–सचीव हृदयकुमार भुसाल, पुर्ब प्रअहरु खडान्द खनाल, रिसिराम बिष्ट लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा बिधालयका प्रधानध्यापक युबराज खनालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा सरस्वती पुजा तथा विभिन्न सागितिक कार्यक्रम गरिएका थिए । कार्यक्रममा पत्रकार गोपाल भट्टराई, माधव खनाल, बाबुराम खनाललगायतका राजनीतिक दल, विव्यस सदस्यहरु, समाजसेवी, शिक्षाप्रेमी, जनप्रतिनिधि कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया