मकवानपुर पास्टर एशोसिएशनको अध्यक्षमा गोपाली

हेटौँडा । मकवानपुर पास्टर एशोसिएशनको १२औँ अधिवेशन सम्पन्न भएको छ । हेटौँडा—५ मा रहेकाे जयगणेश पार्टी प्यालेसमा अधिवेशन सम्पन्न भएको हो । एशोसिएशनका अध्यक्ष दिपक भोलनको अध्यक्षता तथा एनसिएफ नेपालका अध्यक्ष रेभरेण्ड पास्टर हनोक तामाङ र हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाको विशेष उपस्थितिमा अधिवेशन सम्पन्न भएकाे हाे ।

रेभरेण्ट पास्टर मानबहादुर दोङले शुरुको प्रार्थनाबाट शुरु भएको कार्यक्रममा बचन प्रचारको लागि रेभरेण्ड पास्टर रामकृष्ण पन्तले प्रार्थना गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष कुमार प्रजाले आर्थिक प्रतिबेदन र अध्यक्ष दिपक भोलनले आफ्नो कार्यकालमा गरेका कार्यहरुको प्रगाती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति एनसिएफ नेपालका अध्यक्ष रेभरेण्ड पास्टर हनोक तामाङले एशोसिएशनले पास्टरहरुको हकहितको लागि आवाज उठान गर्न आग्रह गर्दैै एकतामा रहेर सेवा गर्न अनुरोध गरे । हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले ईसाई धर्मालम्बीहरुको अधिकारीको लागि आवाज उठाईरहेको बताइन् । उनले मण्डली दर्ता नभएको कारणले राज्यले दिने सेवा सुविधाबाट बञ्चित हुनुपरेको भन्दै यसको समाधानको लागि आफुले सक्दो पहल गर्ने बताइन् ।

त्यस्तै नेपाल ख्रिष्ट्रियन महासंघ मकवानपुरका अध्यक्ष मोम लामाले ईसाईहरुमा देखा परेको समस्याहरुको हल गर्न सबै ईसाई संस्थाहरु एक भएर जानुको विकल्व नभएको बताए । सो कार्यक्रम एनसिएफ नेपाल बागमती प्रदेशका अध्यक्ष तारासिंह गुरुङ, एनसिएफ नेपाल मकवानपुरका अध्यक्ष सुर्यबहादुर पाख्रिन, पास्टरहरु मिलन सेडाई, पाष्टर दर्शन पाख्रिन, पाष्टर गोपाल स्याङतान, पास्टर चन्द्र बहादुर गोले, पाष्टर डम्बर बहादुर मोक्तान, पाष्टर मनिपाल प्रजा, पाष्टर रुवेन राई, पाष्टर रुपेश राई, पाष्टर सिंह बहादुर मोक्तान,हजुरको खबरका प्रमुख रुपक कालिराज, पाष्टर शमुयल राई लगायतका उपस्थिति रहेको थियो ।

अध्यक्षमा थाहाका पास्टर गोपाली

मकवानपुर पास्टर एशोसिएशनको अध्यक्ष थाहाका पास्टर सुवास गोपाली चयन भएका छन् । आज भएको मकवानपुर पास्टर एशोसिएशनको १२ औँ अबिधेशनले गोपालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा उत्तम थोकर, कुमार पाख्रिन, विष्णु लाल प्रजा र रमिला शर्मा, सचिव सागर श्रेष्ठ, कोषाध्यक्ष मदन सिं सिन्तान चयन भएका छन् । भने सदस्यहरु पुर्ण लामा, सामेल राई,विजय बजगाई र मिन बहादुर रुम्बा चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष गोपालीले संचारकर्मीहरुसंग कुराकानी गर्दै मकवानपुर पास्टर एशोसिएशनलाई स्वर्णिम बर्ष र दिन बनाउने बताए । उनले एशोसिएशनले सबै क्षेत्रलाई समेटेर नेतृत्व, व्यक्तित्व विकास गर्न तर्फ लाग्ने भन्दै ईसाईहरुको हकहितको लागि आवाज उठान सदैव अग्रसर हुने उद्घोष गरे । नवनिर्वाचित समितिको ३ बर्षे कार्यकाल हुनेछ ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया