अखिल (क्रान्तिकारी) ले ताेक्याे प्रदेश इन्चार्ज (सूचीसहित)

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले सबै प्रदेशमा इन्चार्ज ताेकेकाे छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख अतिथ्यतामा सम्पन्न तेस्रो पदाधिकारी बैठकले प्रदेश ईन्चार्ज र विश्वविद्यालय कमान्ड इन्चार्जको जिम्मेवारी टुंग्याएको हो ।

कुन प्रदेशकाे इन्चार्जमा काे ?

प्रदेश १ : खगेन्द्र सुवेदी

मधेश प्रदेश :अनिल भगत

विशेष प्रदेश : प्रशुन कार्की

बागमती प्रदेश कृष्ण न्यौपाने

गण्डकी प्रदेश इन्चार्जमा नारायण बडाल

लुम्विनी प्रदेश इन्चार्जमा सूर्य घर्ती मगर

कर्णाली प्रदेश : त्रिसणा हमाल

सुदूरपश्चिम प्रदेश : भीम भट्ट

त्यसैगरी विश्वविद्यालय कमाण्डहरुको ईन्चार्जको जिम्मेवारी सचिवहरु उपेन्द्र शाही र सञ्जय कालधानले पाएका छन् । त्यसैगरी केन्द्रीय छात्रा विभाग प्रमुखमा सचिव पार्वती नेगी, केन्द्रीय स्वयम्सेवक प्रमुखमा सचिव योगेन्द्र बुढा र सम्पर्क मञ्च इन्चार्जमा सचिव विजय सापकोटाले जिम्मा पाएका छन् । अखिल (क्रान्तिकारी) ले स्ववियू चुनाव केन्द्रित कार्यक्रम र कार्य विभाजनसहित स्ववियू चुनावमा सहभागी हुन सिंगो संगठन परिचालन गर्ने जनाएको छ ।

प्रतिक्रिया