धनगढी । सुदूरपश्चिम प्रदेशसभाकी उपसभामुख कोइलीदेवी चौधरीले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छ्न् । बुधबार विज्ञप्ति जारी गर्दै चौधरीले आफू आवद्ध पार्टी नेकपा एमालेको जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।
उनले विज्ञप्तिमा भनेकी छ्न् ‘आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन उपसभामुख पदमा रहँदासम्म आफू आवद्ध पार्टी नेकपा एमालेको सम्पूर्ण राजनीतिक र सांगठनिक जिम्मेवारीबाट अलग भएको यसै विज्ञप्तिमा जानकारी गराउँछु ।’
चौधरी नेकपा (माओवादी केन्द्र), एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उपसभामुखमा निर्वाचित भएकी थिइन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा भएको मत विभाजनमा चौधरीको पक्षमा २८ र विपक्षमा २३ मत परेको थियो । चौधरी एमालेबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
कैलाली
प्रतिक्रिया