निरौला र शर्मालाई ‘केएलफ’ बुक अवार्ड

काठमाडौं । ‘कलिंग लिटरेरी फेस्टिभल भारतले ‘केएलफ बुक अवार्ड २०२२ को लागि विभिन्न श्रेणीमा अवार्ड घोषणा गरेको छ । हिन्दी भाषामा प्रकाशित साहित्यिक, अनुवाद, व्यापार, पर्यावरण, जीवनी र आत्मकथा, बाल, खेलकुद, लाइफस्टाइल तथा इमर्जिङ ट्रेन्ड सबै किसिमका प्रकाशित प्रकाशकद्वारा पेश गरिएका पुस्तकबाट पुरस्कार छानिएको हो । विजेतालाई फेबु्रअरीमा स्वस्ती प्रिमियम होटल, भुवनेश्वर, ओडिशा, भारतमा आयोजना हुने वार्षिक कलिंग लिटररी फेस्टिभलमा सम्मानित र पुरस्कृत गरिने जनाइएको छ ।

महोत्सवमा पुरस्कृत लेखक र तिनीहरूका पुस्तक प्रदर्शनसमेत गरिनेछ । सञ्जीव सान्यालको पुस्तक (रिभोल्युसनरीजस द अदर स्टोरी अफ हाउ इन्डिया वोन इट्स फ्रिडम, कैलाश सत्यार्र्थीको पुस्तक ‘तुम पहिले क्यु न आये, हिन्दोल सेन गुप्ताको ‘गायन, नृत्य र प्रार्थना’ श्रीला प्रबहुपाडा संस्थापक आचार्यको ‘प्रेरणादायक कथा’ रञ्जित होस्कोटेको ‘हंचप्रोज, प्रवीण कुमारको अमर देशवा, लगायत अन्य यसवर्ष केएलएफ बुक अवार्डमा छनोट भएका छन् ।

‘केएलफ बुक अवार्ड २०२२ का लागि निर्णायक मण्डलबाट दुई नेपाली लेखक छानिएका छन् । साहित्यकार रञ्जना निरौलाको निबन्धसंग्रह ‘अनुभूतिको अवतरण’ र लेखक सुमित शर्मा ‘समीर’ को पुस्तक ‘वेक अप अर्ली वेक अप नाउ’ ‘केएलफ बुक अवार्ड २०२२ का लागि छनोट भएका हुन् । पुरस्कृत नेपाली साहित्यकार निरौला सम्पादक, समालोचक, नेपाली र अंग्रेजी साहित्यमा कलम चलाउँदै आएकी छन् । शर्मा लन्डन स्कुल अफ इकोनोमिक एन्ड पोलिटिकल साइन्स, बेलायत र क्विन्स युनिभर्सिटी, क्यानडाका स्नातक हुन् । उनले लोयओला कलेज, चेन्नई, भारतबाट समाजशास्त्रमा स्नातक पूरा गरेका छन् । उनको ‘वेक अप अर्ली वेक अप नाउ’ नेपालीबाट अनुवाद गरिएको पहिलो कथाको कृति हो ।

प्रतिक्रिया