मुगुमा हिमपात, रारामा एक फिट हिउँ जम्यो

तापक्रम माइनस ६ डिग्री

मुगु । मंगलबार बिहानै देखि मुगु लगायत कर्णालीका उच्च हिमाली बस्तीमा क्षेत्रमा बाक्लो हिमपात भएको छ । मुगुको उच्च हिमाली क्षेत्रमा पर्ने मुगु कार्मारोङ गाउँपालिकाका नौवटै वडा, छायानाथ रारा नगरपालिकामा पर्ने रारा विमानस्थल, रारा, मुर्माटप, बाम, तल्लेख, मन्दु, टोप्ला, पिना, घुच्ची खत्याड गाउँपालिकाका जोगीलेख, चाकपाडे, गम्था, र सोरु गाउँपालिकाका सोरुकोट, कालैलेख, धैनलेखमा बाक्लो हिउँ जमेको छ । उच्च क्षेत्रमा यो बर्ष पहिलो पटक हिमपात भएको छ । अहिले पनि हिमपात जारी छ ।

जनजीवन कस्टकर

हिमपातसँगै चिसो अत्यधिक बढेपछि जनजीवन कस्टकर बन्दै गहेको छ । हिमपातका कारण आवतजावतमा समस्या हुनुका साथै वस्तुभाउलाई समेत चरिचरन गराउन समस्या भएको छ । बाक्लो हिमपातले रारा ताल आसपासमा करिब एक फिट हिउँ जमेको छायानाथ रारा नगरपालिका ९ का नविन रोकायाले बताए । मुगुको तापक्रम माइनस ६ डिग्री छ ।

किसान खुसी

कर्णालीका उच्च हिमालि क्षेत्र मा भएको हिमपातले कर्णालीका किसानमा खुसी छाएको छायांनाथ रारा नगरपालिका १२ का स्थानीय मिलन बिकले बताए । हिमपातले जनजीवन कष्टकर भए पनि खेतीपाती सप्रिने भयो भन्दै किसान खुसी भएका हुन् । हिमपातसँगै किसानहरू खेतबारीमा पस्नेछन् ।

बाँझोबारीमा गहुँ, जौ, उवाँ, फापरलगायत अन्नबाली लगाउँछन् । कर्णालीको मुख्य फलफूल स्याउ खेतीलाई पनि हिमपातले फाइदा पुर्‍याएको छ । हिमपात किसानका लागि फाइदाजनक कृषिविज्ञले बताएका छ्न् ।

प्रतिक्रिया