फिदिम नगरपालिकामा मेलमिलापकर्तालाई तालिम

पाँचथर । फिदिम नगरपालिकाको आयोजनामा दिइएको मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम दिइएको छ । तीन दिनको पुनर्ताजगी तालिम सोमबार सम्पन्न भएको हो । फिदिम नगरपालिकाका १४ वटा वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । वडाहरुमा आएको विवाद त्यहीं दर्ता गरि समाधान भएका छन्, भने न्यायिक समितिमा आएका बिवाद पनि समितिले वडा मेलमिलाप केन्द्रमा पठाउने गरेका छन् । न्यायिक समिति, वडा मेलमिलाप केन्द्र तथा वडा कार्यालयको समन्व गर्ने र अनुगमन पनि कार्य तालिका बनाएर गर्ने नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक राधाकृष्ण न्यौपानेले बताए ।

नगरका सम्पूर्ण विकास निर्माणका काम तथा गतिविधिहरु र त्यसमा आएका विवाद हरुमा सहजिकरण गरि विवाद समाधानमा सहयोग गर्न नगर प्रमुख मित्र प्रसाद काफ्लेले मेलमिलापकर्तालाई आग्रह गरेका छन् ।

तालिममा सहजिकरण अधिवक्ता टिका तिम्सिना सामाजिक अभियन्ता तथा अधिकारकर्मी सहमान विश्वकर्माले गरेका थिए । मेलमिलापकर्ताको पहिचान तथा मेलमिलाप केन्द्रमा नै विवाद दर्ताको लागि समुदाय स्तरमा पहिचानको लागि आगामी योजनाहरु तयार गर्दै लैजाने उजुरी प्रशासक सरस्वती सिवाकोटीले बताइन् ।

स्थानीय तहमा देखएिका विवादलाई स्थानीय स्तरबाटै समाधानका लागि संविधान तथा स्थानीय सरकार संचालन ऐन २०७४ ले गरेको व्यवस्थालाइ कार्यान्वयन गर्न , समाजमा शान्ति स्थापनार्थ महत्वपूर्ण भूमिका निर्वाह गर्नको लागि मेलमिलापकर्ताको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया