वाईसीएल बझाङले सबै वडामा संगठन विस्तार गर्ने

बझाङ । योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) जिल्ला कमिटी बझाङले जिल्लाका प्रत्येक वडाहरुमा संगठन बिस्तार गर्ने भएकाे छ । वाईसीएलकाे जिल्ला कमिटी बैठकले वडा, गाँउपालिका र नगरपालिकामा सम्मेलनको तयारी गर्ने निर्णय गरेकाे हाे । साथै जिल्लामा रहेका सरकारी कार्यलयाहरुमा भ्रष्टचार विरुद्ध खबरदारी गर्ने तथा जनताको सेवक वाईसीएल भन्ने नारा लिएर जनता माझ जाने निर्णय गरेकाे जिल्ला इन्चार्ज रविन विसीले बताए ।

बैठकमा वाईसीएल जिल्ला संयोजक अम्मराज भण्डारी, नेकपा मओवादी केन्दका केन्दीय आयोग सदस्य लक्ष्मण खड्का, माओवादी केन्द तल्लकोट गाउपालिका इन्चार्ज भिम जेठारालगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया