सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावलद्वारा दाबी पेश

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिँह रावलले दाबी पेश गरेका छ्न् ।
रावलले एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ सांसद गरि २९ सांसदको समर्थनमा बुधबार प्रदेश प्रमुख देवराज जोशीसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सदस्य आवश्यक पर्छ ।

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि दलको स्पष्ट बहुमत नभकोले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि बुधबार बेलुका ५ बजेसम्म दाबी पेश गर्न प्रदेश प्रमुख जोशीले आह्वान गरेका थिए ।

प्रतिक्रिया