झिमरुकले स्थानीय पाठ्यक्रम तयार गर्ने

प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

आज गाउँ शिक्षा समितिको बैठकले स्थानीय पाठ्यक्रम तयार गरि लागू गर्न ७ सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले बताए ।

आझै बसेको बैठकले पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता माघ ५ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

पालिका अध्यक्ष महतरा क्षेत्रीका अनुसार म्याद सकिएका बिद्यालय ब्यवस्थापन समिति पुर्नगठन गर्ने शैक्षिक क्यालेन्डर निर्माण गर्ने र विद्यालय तथा समुदायमा कार्यरत बालविकास सहजकर्तालाई बिहान १० बजेबाट बेलुका ४ बजेसम्म कामकाज गराउन बिधालयलाई पत्राचार गर्ने निर्णय भएको उनले बताए ।

शैक्षिक गुणस्तर वृद्धिका लागि बिज्ञ सहितको पालिका स्तरीय कार्यशाला गोष्ठी गर्ने तयारी गरिएको अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिए ।
पालिकाभरमा रहेका ४६ बिद्यालय मध्य ३२ बिधालयमा पुगेर विद्यालयको आर्थिक भौतिक तथा शैक्षिक सुधार गर्नको लागि विद्यालय अनुगमनलाई तिब्रता दिएको उनको भनाइ छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया