लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गिरीले गरे दाबी पेश

रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष एमालेका लिला गिरीले मुख्यमन्त्री पदका लागि दाबी पेश गरेका छन् । संघीय सरकारमा सत्ता साझेदार दलहरूको समर्थनसहित गिरीले बुधबार दिउँसो दाबी पेश गरेका हुन् ।

उनले पेश गरेको दाबीमा एमालेका २९, माओवादीका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पाटीका ४, जसपा ३, स्वतन्त्र २, जनमत ३, लोसपा ३ गरी ५८ जना सांसदको समर्थन रहेको छ ।

लुम्बिनी प्रदेशमा ८७ संसाद छन् । बहुमतका लाथि ४४ संसदको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया