धारामा लडेर भक्तपुरमा एक महिलाको मृत्यु

भक्तपुर । भक्तपुरमा घर बाहिरको बराण्डामा रहेको धारामा लडेर एक जनाको मृत्यु भएको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराही बस्ने सुमिता पोख्रेलको ३ तले घरको भुई तलामा डेराकोठा गरी बस्ने ललितपुर गोदावरी नगरपालिका–। १४ बाँडेगाँउ घर भएकी ३६ वर्षीया सृजना महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर बाहिरको बराण्डामा रहेको धारामा लडेर घाइते भएपश्चात अस्पताल पुर्याइएकी उनको दिउँंसो मृत्यु भएको हो ।

लडेपछि उनलाई उपचारको लागि कोरियन अस्पताल ठिमी लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यू भएको भक्तपुर प्रहरी परिसले जनाएको छ ।

प्रतिक्रिया