बझाङ । बझाङमा वालविवाह महिला हिसा र सामाजिक कुरीति न्युनिकरणका लागी धार्मिक व्यातक्तिहरुसँग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिबार एक कार्यक्रमका विच सामाजिक विकास कार्यालय बझाङको आयोजनामा मस्टा गाँउपालिकाको सभाहलमा उत्त कार्यक्रम सम्मपन्न भएको समाजिक विकास कार्यालय बझाङका कार्यालय प्रमुख विरबहादुर धामीले बताए ।
कार्यालय प्रमुख धामीका अनुसार उक्त कार्यक्रममा समुदायमा भईरहेको वालविवाह, महिला हिंसा, समाजिक कुरीतl, भनेका के-के हुन ? यसलाई न्युनिकरणका लागी धार्मिक ब्याक्तिहरुको भुमिका के रहन्छ ? यसलाई कसरी कम गर्ने ? भन्ने बारेमा छलफल भएको छ ।
कार्यक्रममा वोल्दै कुल मस्टाजन मावि भातेखोलका प्रधानाध्यापक मोहना थापाले वालविवाह, महिला हिंसा र सामाजिक कुरीति न्युनिकरणका लागी स्थानीय सरकाले स्थानीय तहमा लागु गरेको पाठ्यक्रमहरुमा यसका वारेमा राख्नुपर्ने बताए । समाजसँग प्रतक्ष सरोकार राख्ने गाँउका धामी, पुजारी र पण्डितहरुलाई पहिला सचेत गराउनुपर्ने उनले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै मस्टा गाँउपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले महिला र पुरुष एउटा रथका दुई पांंग्रा भएका कारण महिला पुरुष मिलेर गए सवै कुरा सम्भव रहेको बताए । महिलाले पुरुषलाई सम्मान गनुपर्ने तथा पुरुषले महिलाई सम्मान गनुपर्ने उनले बताए । उनले भने, ‘हाम्रो समाजमा महिला हिंसाको मुल कारण भनेको जाड रक्सी हो, सबैभन्दा पहिला यसलाई बन्द गर्नुपर्छ । समाजिक कुरीति न्युनिकरणका लागी स्थानीय सरकार तयार छ ।’ कार्यक्रमा पालिका भित्रका धार्मिक व्याक्तिहरु धामी, पुजारी, पण्डित, शिक्षक र कार्यापालिका सदस्य लगाएको उपस्थिति रहेको थियो ।
बझाङ
प्रतिक्रिया