पाँचथरमा सेवा प्रवाहको भावि कार्यदिशाबारे अन्तरक्रिया

पाँचथर । जिल्ला प्रशासन कार्यालयमा मंगलबार सेवा प्रवाहको भावि कार्यदिशाबारे सरोकारवाला माझ अन्तरक्रिया भएको छ । पाँचथरका सिडिओ गणेश गैरेको अध्यक्षमा विभिन्न स्थानीय राजनीतिक दलका प्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम गरिएको सिडिओ गैरे बताए ।

उक्त अन्तरक्रियामा गत मंसिरको निर्वाचनमा आचारसंहिता उल्घंन, सुरक्षा, मतदान केन्द्रलगायत भविष्यमा भयरहित निर्वाचनका लागि समीक्षा गरिएको थियो । निवार्चन पर्यवेक्षक, दलका प्रतिनिधिहरुले आ–आफ्नो प्रतिक्रिया र सुझाव दिएका थिए ।

सिडिओ गैरेले भविष्यका लागि उक्त समिक्षा राखिएको बताए । जिल्लाको समग्र विकासलगायत सुनसानबारे सेवा प्रवाह गर्न के गर्न सकिन्छ भनेर अन्तरक्रिया गरिएको सिडिओ गैरेको भनाइ थियो । गैरेले सेवा प्रभावकारी पार्न आगामी योजना बनाउन लागिएको जानकारी दिए ।

अन्तरक्रियामा जिल्लास्थित राजनीतिक दल, सुरक्षा अधिकारीहरु, जिसस प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, सञ्चारकर्मी, उद्योग वाणिज्य संघका जिम्मेवार पक्षहरुको सहभागी रहेको थियो । निर्वाचन समिक्षामा निर्वाचन कार्यालयका कर्मचारी शून्य थियो ।

प्रतिक्रिया