पाठ्यपुस्तक लेखनका लागि १४ सदस्य समिति

रुकुम पूर्व । सिस्ने गाउँपालिकाले पालिकास्तरिय कक्षा ८ को स्थानीय पाठ्यपुस्तक लेखन सम्बन्धी १४ सदस्य समिति गठन गरेको छ । मङ्गलबार गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा बसेको बैठकले पाठ्यपुस्तक लेखन समिती गठन गरेको हो । समितिको संयोजकमा रुक्मिणी मावी रुकुमकोटका प्रधानाध्यापक चन्द्रबहादुर मल्ल रहेका छन् । उनै मल्लको संयोजकत्वमा १४ सदस्य समिति गठन गरिएको हो । बैठकले समितिका अन्य सदस्यलाई पनि विभिन्न जिम्मेवारी प्रदान गरेको छ ।

स्थानीय पाठ्यपुस्तकलाई विश्वसनीय र ज्ञानको स्रोत योग्य बनाउन समितिका अन्य सदस्यलाई पनि जिम्मेवारी दिइएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाले जानकारी दिए । उनका अनुसार भौगोलिक अवस्थाको लागि पन्चबहादुर केसी, इतिहासको लागि दुर्गाबहादुर गौतम र मोहनकुमार रोका, गाउँपालिकाको जनसङ्ख्याको बिषयमा घनश्याम दाहाल र धनबहादुर खड्कालाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै संस्कृति तथा पर्यटनको लागि बेगम केसी, बलबहादुर शाही र टेकबहादुर केसी, पेसा व्यवसायको लागि संयोजक मल्ल सहित मानबहादुर बस्नेत र नबिन कुमार शर्मालाई जिम्मेवारी दिइएको छ । सामाजिक मुल्य मान्यताका विषयमा कलु खड्का र भिमु शाहीलाई जिम्मेवारी तोकिएको गाउँपालिकाले जनाएको छ ।

आगामी फागुन १५ भित्र पुस्तक लेखनको काम सक्न अध्यक्ष रेग्मीले समितिका सदस्यलाई निर्देशन दिएका छन । पुस्तक निर्माण समितिलाई करिब दुई महिनाको समय दिइएको छ । त्यस अबधी भित्र समितिका सदस्यले विषयबस्तु निर्माण गर्नेछन् ।

समितिले तयार पारेको विषयबस्तुलाई वृहत् अध्ययन गरिनेछ, अध्यक्ष रेग्मीले भन्ने अध्ययनका लागि बैठक बस्छ । बैठकमा समितिका सदस्यले प्रस्तुतिकरण गर्नुहुन्छ । त्यसलाई हामी पनि सम्पादन गर्छौ । रेग्मीले थपे त्यसपछि अन्तिम रुप दिने हाम्रो तयारी छ । गुणस्तरीय पाठ्यक्रम निर्माणका लागि भद्र समिति निर्माण गरिएको रेग्मीले बताए ।

सिस्ने गाउँपालिकाले कक्षा ६ र ७ को स्थानीय पाठ्यपुस्तक यसअघि नै निर्माण गरि सकेको छ । उक्त पाठ्यपुस्तक गाउँपालिकाभर पढाई पनि भइरहेको छ ।
कक्षा ६ र ७ मा समावेश नभएका विषयबस्तु ८ मा समावेश गरि पाठ्यपुस्तक निर्माण गर्न लागिएको उपाध्यक्ष गोपाल रेउलेले बताए । विद्यार्थीलाई गाउँपालिकाको समग्र बस्तु स्थितीको बारेमा जानकारी गराउने उदेश्यले स्थानीय
पाठ्यपुस्तक निर्माण गर्न लागिएको रेउलेले बताएका छन ।

गाउँपालिका अध्यक्ष रेग्मीको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकिय अधिकृत बिकास बिक्रम शाह, अधिकृत आठौ चिन्तामणी दाहाल लगाएत विभिन्न विषयगत शिक्षकहरुको सहभागिता रहेको थियो । बैठकको सहजिकरण शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बुढाले गरेका थिए ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया