बारा । बलात्कार आरोप लागेका निजगढ नगरपालिका–२ का वडाध्यक्ष राजु श्रेष्ठ (राजन) लाई थुनामा राखेर अनुसन्धान गर्न अनुमतिका लागि जिल्ला अदालत बारा लगिएको छ । प्रहरीले उनलाई म्याद थपको लागि अदालत लगेको हो ।
जिल्ला अदालतका न्यायाधीशको इजलासले सोमबार पहिलो पटक म्याद तोक्ने छ । सरकारी पक्षले पहिलो पटकका लागि २५ दिनको म्याद माग गर्ने तयारी गरेको छ । नाबालिका बलात्कार आरोपमा जाहेरी परेपछि उनी न्यायीक हिरासतमा छन् ।
यसअघि जाहेरी दर्ता भएसँगै फरार रहेका वडाध्यक्ष श्रेष्ठ आइतबार प्रहरी नियन्त्रणमा आएका थिए ।
प्रतिक्रिया