कालीकोट । बास नेपाल कालिकोटले टोपी दिवस मनाएको छ । आइतबार जिल्लाको प्रतिमा चोकमा एक कार्यक्रमको आयोजना गरि बास नेपालले टोपी दिवस मनाएको हो ।
बागेश्वरी असलशासन क्लब नेपाल शाखा कालीकोटको आयोजनामा भएको कार्यक्रममा संचारकर्मि,बास नेपालका सदस्य तथा स्थानीय नागरिकहरुले नेपाली टोपी लगाएर कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा बागेश्वरी असलशासन क्लबका अध्यक्ष कपुरे विश्वकर्मा, निवर्तमान अध्यक्ष खडानन्द अधिकारी, सामाजिक परिचालक रमेश सुनार र बास नेपाल कालीकोट शाखाका पदाधिकारिलगायतको सहभागीता रहेको थियो ।
बास नेपालले विभिन्न जिल्लामा टोपी दिवस मनाउँदै आएकाले कालीकोटमा पनि टोपी दिवस मनाइएको रमेश सुनारले बताए । उनले पछिल्लो समय नेपाली ढाकाटोपी लगाउने चलन कम हुँदै गएकाले नेपाली टोपी बचाउन बास नेपालले सो दिवस मनाएको बताए ।
कालिकाेट
प्रतिक्रिया