मर्स्याङ्दी नदीमा सशस्त्र प्रहरीका जवान बेपत्ता

काठमाडौं । सशस्त्र प्रहरी जवान अनन्त महत मर्स्याङदी नदीमा बेपत्ता भएका छन् । भक्तपुरबाट सरुवा भई पत्र लिएर मनाङ जाँदै गरेका उनी मर्स्याङ्दी नदीमा बेपत्ता भएका हुन् ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले दिएको जानकारी अनुसार उनी शुक्रबार बिहान साढे १० बजे मर्स्याङ्दी गाउँपालीका– ४ काभ्रेभिरबाट बेपत्ता भएका हुन् ।

उनी लमजुङ बेसीशहरबाट मनाङतर्फ जाँदै गर्दा बाटोमा गाडी रोकेर ओर्लिएका थिए । ग १ ज ७३३५ नम्बरको गाडीमा सवार महत सडक किनारमा शौच गर्ने क्रममा भीरबाट लडेको सशस्त्र प्रहरीले जनाएको छ । भीरबाट उनी मर्स्याङ्दी नदीमा खसेका थिए । नदीमा बेपत्ता उनको खोजी जारी छ ।

प्रतिक्रिया