उपचारमा सहयोग गर्न मुटुराेगबाट पीडित साउदकाे अपिल

बझाङ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर–२ मोर्ताेली घर भएका थोले साउद यतिबेला काठमाडौंको मनमोहन टिचिङ् हस्पिटलमा उपचार गराइरहेका छन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचार गर्न कठिनाई भएको उनका आफन्तहरुले बताएका छन । उनका आफन्त प्रेम साउदले भने, ‘एक महिनाको अवधिमा औषधी किन्न मात्रै ५ लाख भन्दाaढी खर्च भईसक्योे घरको आर्थिक अवस्था कमजोर भएका कारण दाईको उपचारका लागी तपाईले गरेको सानो सहयोगले आफ्नो ठूलो राहत हुनेछ ।’

साउदको आमालाई पनी केही महिना अगाडी मिगौला रोग लागेको थियो अर्पेसन गर्नुपर्यो केही पैसा त्यतै सकियो दाईको मुटुको अर्पसन गर्नु पर्ने भएकाले आर्थिक समस्या भएकोे भतिज दिनेश साउदले बताए । घरपरिवारको अवस्था आर्थिक रुपमा कम्मजोर भएकोले आर्थिक सहयोग गरी उपचार खर्च जुटाउन सहगोय मिले झनै राम्रो हुने उनले बताए ।

यदी कसैले सहयोग गर्न चाहे नविल बैंक बझाङ शाखामा रहेको दिनेश सावदको नाममा रहेको बैंक खाता नम्बर २०२१००१७५०२९०८ मा जम्मा गरीदिन वा ९८४९४३३८४२ मा फोनगरी सहयोग गर्न पनि सकिने उनले बताए ।

प्रतिक्रिया