निरु बिकलाई न्याय माग्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

कालिकोट । निरु बिकलाई न्याय दिन मा गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाईएकाे छ । गृहमन्त्री रबि लामिछानेले निर्मला पन्तकाे बिषयलाई गम्भीर रुपमा लिने भन्ने चर्चा भएपछी युवा नेता हिक्मत मल्लले निरु बिकलाई न्याय चाहियाे भन्दै ज्ञापन पत्र बुझाएका छन् । चे फोर्स नेपालका युवाहरुले कालिकोटकी निरु बिकलाई न्याय माग्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ की १६ बर्षिया किशोरी निरु विकको हत्या आशंका गरिएको डेढ बर्षसम्म पनि उनको घटनामा संलग्न व्यक्तिहरु पत्ता नलागेको भन्दै चे फोर्स नेपालका युवाहरुले बुधबार कालिकोटका प्रमूख जिल्ला अधिकारी रामहरी शर्मा मार्फत गृहमन्त्री रबि लामिछानेलाई ज्ञापन पत्र बुझाएका हुन् ।

कक्षा ९ मा अध्यायनरत किशोरी विक २०७८ साल भदौ ५ गते पैठ हेर्न गएको र ७ गते उनको लाश आधार शरीरमा मात्र कपडा रहेको अवस्थामा घर नजीकैको मकै बारीमा फेला परेको थियो । उक्त घटनाका आधारमा कसैले बलात्कार पछि उनको हत्या गरी बारीमा फालेको हुन सक्ने अनुमान गरिएको थियो । चे फोर्स नेपालका बिग्रेड कमाण्डर हिक्मतजंग मल्लले बलात्कार पछि हत्या जस्तो जगन्य अपराधमा संलग्न अपराधिहरु पत्ता नलाग्नु, पीडित परिवारले न्याय नपाउनुले कालिकोटमा नागरिकको जिउ धनको सुरक्षा नरहेको भन्दै आपत्ति जनाए । उनले भने, ‘गृहमन्त्री रबी लामिछाने नियुक्त भएपछि युवाहरुमा थप उत्साह आएको भन्दै कालिकोटकी चेली निरु बिकको घटनाको बिषयमा पनि गम्भीर ढंगबाट अनुसन्धान गर्न दबाब स्वरुप ज्ञापन पत्र बुझाईएको हो ।’

चे फोर्स नेपालका मल्ल सहित सुनिल शाही, दिलु शाही लगायतका युवाहरु प्रशासनमा पुगेर ज्ञापन पत्र बुझाएका थिए । ज्ञापनपत्र बुझदै प्रमूख जिल्ला अधिकारी रामहरी शर्माले प्रहरी प्रशासनबाट पनि निरु बिकको घटनाका बिषयमा गम्भीरताका साथ अनुसन्धान भईरहेको भन्दै आफुले प्राप्त गरेको ज्ञापन पत्र जस्ताको तस्तै गृहमन्त्रालयमा पठाईदिने बताए । उनले भने, हामी जिल्लामा नागरिकको जिउ धनको सुरक्षाका लागि कुनै कसुर बाँकी नराख्ने गरी काम गरिरहेका छौँ ।

जिल्ला प्रहरी प्रमूख डिएसपी जयस्वर रिमालले निरु बिकको घटनाको बिषयमा प्रहरीले अनुसन्धान जारी रहेको बताए । उनले भने, ‘हामी निरु बिकको घटनाका बिषयमा सुष्म ढंगबाट अनुसन्धान गरिरहेका छौँ । घटना पुरानो भईसक्यो । घटनासँग सम्बन्धित कुनै ठोष प्रमाण फेला नपरेको हुनाले प्रहरीले संखास्पत व्यक्तिहरुसँग सोधपुछ गरिरहेको छ । घटनाको अनुसन्धानमा हामी लागि नै रहेका छौँ ।’

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया