बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बझाङ । बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । छविसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

साेमबार राति करिब ८ बजेको समयमा ट्र्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा–५ स्थायी ठेगाना भएका चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाकाे मृत्यु भएकाे हाे ।

झोलुङ्गे पुलका सामान लिएर गएको से२त २३४३ नम्बरको उक्त ट्र्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया